अन्तराष्ट्रियस्तरको ‘एक्स फेक्टर मोडेल नेपाल’ प्रतियोगिता हुदै

अन्तराष्ट्रियस्तरको ‘एक्स फेक्टर मोडेल नेपाल’ प्रतियोगिता हुदै

काठमाडौं । युवा पुस्ताको क्षमतामा बृद्धि ल्याउनका लागि ‘एक्स फेक्टर मोडेल नेपाल’ प्रतियोगिता आयोजना हुने भएको छ । मिस्टर एन्ड मिस सुप्रानेशनल अन्तर्राष्ट्रिय फ्रेन्चाइज भएको यस एक्स फ्याक्टर मोडेलका बिजेता सुप्रानेशनलको संस्करणमा नेपालको प्रतिनिधित्व गर्ने छन्।

प्रतियोगिताको विजेतालाई ४ दिनको थाईल्याण्ड भ्रमणको समेत व्यवस्था गरिएको छ । साथै नगद पुरस्कार, फिल्म, म्मूजिक भिडियो र कमर्सियल बिज्ञापनको अवसर दिइनेछ।

यस प्रतियोगितामा १६ देखि २६ वर्ष उमेर समूह पुरुष र महिला दुवैले सहभागिता जनाउन पाउने आयोजक संस्थाले जनाएको छ।
अन्तराष्ट्रियस्तरको यस प्रतियोगितामा प्रख्यात अभिनेता, मोडेल, निर्देशकहरु नयाँ अनुहार खोज्न आउने गरेका छन् ।

एक्स फेक्टर मोडल  सम्पूर्ण मोडलिङमा आफ्नो भविष्य बनाउन चाहने र अन्तराष्ट्रियस्तरमा पुग्न चाहने युवा युवतीको लागि उपयुक्त प्लेटफर्म रहेको एक्स फेक्टर टिमले जनाएको छ । प्रतियोगिताको लागि अडिसन भैरहेको आयोजक संस्थाले जनाएको छ ।

एक्स फेक्टरमा सहभागी हुनेलाई अभिनय, र्याम्प मोडलिङ, फेशन मोडलिङ, १५ वटा भन्दा बढि फरक–फरक थिममा फोटोसुट लिने अवसर पाउने एक्स फेक्टर टिमले जनाएको छ।

प्रतियोगिताको फाइनल प्रत्यक्ष प्रशारण समेत हुनेछ । प्रतियोगितामा सहभागी जनाउन एक्स फेक्टरको अफिसियल फेसबुक पेज र ९८२३५७६८०० मा सम्पर्क गर्न सकिने छ।

Share