समानुपातिकको सिट बाँडफाँड गर्न अझै एक हप्ता लाग्ने

समानुपातिकको सिट बाँडफाँड गर्न अझै एक हप्ता लाग्ने

काठमाडौ । निर्वाचन आयोगले प्रतिनिधिसभा तर्फ समानुपातिकको सिट बाँडफाँड गर्न अझै एक हप्ता लाग्ने जनाएको छ । सिट बाँडफाडका लागि प्रकृया शुरु भइसकेको आयोगको दावी छ ।

समानुपातिक तर्फको मतगणनाको विभिन्न तहमा भेरिफाई गर्ने काम भइरहेकाले नतिजा आउन कम्तिमा एक हप्ता लाग्ने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।

प्रदेशसभा समानुपातिकतर्फको नतिजा सार्वजनिक गरेको आयोगले प्राप्त सिट संख्यामा नाम पठाउन दलहरुलाई पत्र पठाइसकेको छ । तर, प्रतिनिधिसभाको समानुपातिक तर्फ मतगणना सकिएपनि सिट बाँडफाडमा आलटाल गरिरहेको भन्दै आलोचना भइरहेको छ ।

आलोचना भइरहेपनि आयोगले भने प्रतिनिधिसभाको समानुपातिकतर्फ सिट बाँडफाँड गर्न अझै कम्तिमा एक हप्ता लाग्ने बताएको छ।

Share