राखेप च्याम्पियनशीप आजदेखी शुरु

राखेप च्याम्पियनशीप आजदेखी शुरु

काठमाडौ । अन्तर्राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको पहिलो राखेप च्याम्पियनशीप आजदेखी ललितपुरको सातदोबाटोमा सुरु हुँदैछ।

राखेप परिसर सातदोबाटोमा दिउँसो १२ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । राखेपले यो च्याम्पियनशीपमा विभिन्न खेलहरु समाबेश गरी राष्ट्रिय प्रतियोगिता गर्ने जनाएको छ ।

आगामी १८ औँ एसीयाली खेलकुद र १३ औँ दक्षिण एसीयाली सागको तयारीलाई ध्यानमा राखेर यो च्याम्पियनशीपको आयोजना गरिएको राखेपले जनाए।

यो च्याम्पियनशीपबाट राष्ट्रिय टिमको छनोट हुने राखेपले जनाएको छ । माघ ९ गतेसम्म हुने प्रतियोगिताका लागि ४ करोड ३१ लाख रुपैया रकम विनियोजन गरिएको छ।

Share