मधेशवादीकै बहुमतले सरकार गठन

मधेशवादीकै बहुमतले सरकार गठन

काठमाडौ । प्रदेश नम्बर २ मा सरकार गठनका लागि मधेशवादी दलको बहुमत पुगेको छ । प्रत्यक्षबाट ६४ जना र समानुपातिकबाट ४३ जना गरी १ सय ७ जना प्रदेश सभा सदस्यमा बहुमतको लागि ५४ जना सदस्य आवश्यक पर्नेमा मधेशवादी दुई दलको प्रत्यक्ष र समानुपातिक गरि ५४ जना सांसद बन्ने छन्।

राजपाको तर्फबाट २५ र संघिय समाजबादी फोरम नेपालको २९ जना प्रदेश सभा सदस्य भएपछि मधेशबादीको बहुमत पुगेको हो । प्रदेश नम्बर २ मा प्रत्यक्ष र समानुपातिक गरि एमालेका २१, नेपाली कांग्रेसका १९ र माओवादी केन्द्रका ११ सांसद हुनेछन् ।

नेपाल संघिय समाजबादी पार्टीको १ जना र १ जना स्वतन्त्र सांसद छन् । मधेशवादी दलको ५४ सांसद पुग्दा अन्य सबै दलका सांसदको संख्या ५३ मात्रै पुगेको छ।

Share