टिभीएस मेघा एक्सचेन्ज मेला लम्वियो

टिभीएस मेघा एक्सचेन्ज मेला लम्वियो

काठमाडौ । नेपाली बजारकै ठूलो हिस्सा ओगटेको टिभीएसले आफ्ना ग्राहकहरुलाई थप सुविधा सहित आवश्यकता परिपूर्ति गर्ने उद्देश्यले भृकुटीमण्डपमा मेघा एक्सचेन्ज मेला गरिरहेको छ ।

मेघा एक्सचेन्ज मेला जगदम्बा मोटर्स अन्तर्गतको टिभीएसले गते पौष २ गतेदेखि आयोजना गरेको हो । यो मेघा एक्सचेन्ज मेला अझ थप २ दिनसम्म पौष ८ गतेसम्म चल्ने भएको छ ।

मेगा एक्सचेन्ज मेलामा कुनै पनि पुरानो मोटरसाइकल तथा स्कुटरसंग टिभीएस कम्पनीका कुनै पनि मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्न सकिने छ।

हाल नेपालमा विक्री वितरण हुँदै आएका अन्य २ पांग्रे सवारी साधनहरु मध्ये टिभीएस कम्पनीसँग सबैभन्दा धेरै मोडलका बाइक तथा स्कुटरहरु उपलब्ध रहेका छन्। मेघा एक्सचेन्ज मेला बिगतमा पनि हुँदै आएको थियो र भविष्यमा पनि निरन्तर चलिरहने कम्पनीको दाबी छ।

देशैभरका सहरहरुमा चलिरहेको मेलामा जस्तोसुकै कन्डिशनको मोटरसाइकल पनि एक्सचेन्ज गर्न सकिने कुरा कम्पनीले जनाएको छ ।
एक्सचेन्जमा १०,००० देखि १ लाखसम्मको Sure Shot Cash छुटको अवसर प्रदान गरिनुका साथै थप मूल्याङ्कनको पनि व्यवस्था गरिएको छ।

मेलालाई थप आकर्षक तुल्याउन मनोरन्जनात्मक र सुविधा सम्पन्न बनाउन बाइक स्टन्ट, फ्रि बाइक चेक अप, फेस पेन्टिङ्ग, हेल्मेट अनि एसेसोरिज स्टल लगाएत विभिन्न खेलहरु प्रदर्शनमा राखिएको छ ।

Share