बैकिङ शाखा बिस्तार गर्न कठिन

बैकिङ शाखा बिस्तार गर्न कठिन

काठमाडौ । सरकारले संघिय संरचना अनुुसार भौतिक पुर्बाधार निर्माण गर्न नसक्दा सबै स्थानीय तहमा बैंकिङ शाखा खोल्न समस्या भएको बैंकरहरुले बताएका छन्।

बैंकिङ शाखा बिस्तार गर्नका लागि चाहिने बाटो, बिजुली, इन्टरनेट र सुरक्षा नहुँदा सबै स्थानीय तहमा शाखा बिस्तार गर्न समस्या भएको हो। सरकारले स्थानीय तहको निर्बाचनसँगै ७ सय ५३ वटा स्थानीय तहमा बैंकिङ शाखा बिस्तार गर्न बैंकहरुलाई सर्कुलर जारी गरेको थियो।

हाल हाल ७ सय ५३ स्थानीय तह मध्ये करिब २ सय तहमा मात्रै बैंकिङ सेवा बिस्तार भएको नेपाल बैंकर संघका कार्यबाहक अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले जानकारी दिए।

कार्यबाहक अध्यक्ष ढुङ्गानाले स्थानीय तहमा आधारभूत सुविधा समेत उपलब्ध नहुँदा बैकिङ शाखा बिस्तार गर्न कठिन भएको बताए। उनले पूर्वाधारको विकास भए सबै स्थानीय तहमा बैंकिङ सेवा पुर्याउन तयार रहेको बताए ।

कार्यबाहक अध्यक्ष ढुङ्गानाका अनुसार कतिपय हिमाली जिल्लाका स्थानीय तहमा मानिसको बसोबास नै नभएकोले पनि त्यहाँ बैंकिङ शाखा बिस्तार गर्न समस्या परेको छ।

पहाडी जिल्लाका कतिपय स्थानीय तहमा बाटो बिजुलीको समस्या रहेकोले शाखा बिस्तारमा कठिन भएको उनको भनाई छ ।

Share