नाका खुलाउने तयारी

नाका खुलाउने तयारी

काठमाडौ । सिन्धुपाल्चोकको तातोपानी नाका चीनले खुलाउने तयारी गरेको छ । २०७२ सालको महाभूकम्पपछि बन्द रहेको नाका खुलाउन चीनका लागि नेपाली राजदूत लीलामणी पोख्रेलले पहल गरेको छ ।

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका बेला नाका सञ्चालनको तयारी चीनले गरिरहेको छ । चिनियाँ राष्ट्रपति सि जिन फिङ आउँदो मार्चमा नेपाल भ्रमणको तयारीमा रहेको छ।

माओवादी केन्द्रका नेता एवं सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य अग्नी सापकोटाले नाका खुलाउन पहल भैरहेको र छिट्टै सञ्चालनमा आउने जानकारी दिए।

त्यसका लागि नेपाली राजदूत पौडेलले चिनियाँ अधिकारीहरुसंग पहल गरिरहेको । नेपालमा रहेको चिनियाँ दूतावास पनि पछिल्लो समय तातोपानी नाका खुलाउन सकरात्मक रहेको सापकोटाले बताए ।

महाभूकम्पका बेला तातोपानी नाकामा तिब्बत बिरोधी गतिविधि भएको प्रमाण फेला परेपछि चीनले नाका बन्द गरेर भएका भौतिक संरचना पनि सारिएको थियो।

रसुवागढी नाकालाई अन्तर्राष्ट्रिय नाकाको रुपमा बिकास गरेपनि तातोपानीलाई व्यवसायिक नाकाको रुपमा बिकास गर्ने चीनको तयारी छ ।

Share