चिसो बढेसंगै पर्यटक न्यून

चिसो बढेसंगै पर्यटक न्यून

काठमाडौ । चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म २६ हजार ३ सय ४४ जना बाह्य पर्यटकले सोलुखुम्बुको खुम्बु क्षेत्र भ्रमण गरेका छन्।

चालु आर्थिक वर्षको साउन एक गतेदेखि मंसिर मसान्तसम्म उक्त सख्याका पर्यटकले खुम्बुको भ्रमण गरेको सगरमाथा राष्ट्रिय निकुञ्ज जोरसल्ले पोष्टका इन्चार्ज मिश्रकाजी तामाङले जानकारी दिए ।

विशेष गरी कात्तिक महिनामा सबैभन्दा बढी विभिन्न देशका पर्यटक खुम्बु पुग्ने गर्दछन् । तथ्याङ्क अनुसार साउन महिनामा ३ सय १५, भदौ महिनामा १ हजार ५ सय ९७, असोजमा ९ हजार ४ सय ८ जना र कार्तिकमा ११ हजार ३ सय ५१ जना पर्यटकले भ्रमण गरेका छन्।

गत मंसिर महिनामा मात्र ३ हजार ६ सय ७३ जना पर्यटकहरुले जिल्लाको पर्यटकीय क्षेत्र खुम्बुको भ्रमण गरेका छन् । मंसिरमा पुरुष २ हजार १६ र महिला १ हजार ५ सय १ जना रहेका छन् ।

सोही महिनामा १० बर्ष मुनिका ४ जना बालवालिकाहरुले निशुल्क प्रवेशमा अनुमति लिएको तथ्याङ्कमा देखिएको छ । अहिले चिसो बढेसंगै पर्यटक न्यून छन्।

Share