नेपाललाई २ स्वर्ण सहित ३ रजत पदक

नेपाललाई २ स्वर्ण सहित ३ रजत पदक

भोजराज कार्की/सोलुखुम्बु । वल्र्ड मार्सल आर्ट पिस कप २०१७ मा सहभागि भएको नेपाली टोलीले २ स्वर्ण पदक सहित ३ रजत पदक प्राप्त गरेको छ।

मार्सल सेल्फ डिफेन्स इन्टरनेशसनल एशोसिएसन पोर्चुगलको आयोजनामा मोरक्कोमा सम्पन्न प्रतियोगितामा सोलुखुम्बुका अर्जुन रोक्काले २ वटा स्वर्ण पदक हात पारेको हो। प्रतियोगितामा सन्जु महर्जनले २ वटा रजत पदक र ङवाङ केशाङ लामाले पनि एक रजत पदक प्राप्त गर्न सफल भएको हो।

नेपाल मार्सल सेल्फ डिफेन्स संघ नेपालका केन्द्रिय अध्यक्ष डिवि रानापाल, प्रथम उपाध्यक्ष नुतन श्रेष्ठ, नेपालका शाखा प्रमुख वाङ्जु तामाङ सहित ७ जनाको टोली बुधबार स्वदेश फर्कदै छ ।

खेलाडी टोली गत २७ गते मोरक्कोतर्फ प्रस्थान गरेको थियो । टोलीलाई राखेपका सदस्य सचिव केशब कुमार बिष्टले बिदाई गरेका थिए ।

Share