“इमर्जिङ्ग ब्राण्ड अवार्ड” र “सी इ ओ अफ द इयर” अवार्ड डिशहोमलाई

“इमर्जिङ्ग ब्राण्ड अवार्ड” र “सी इ ओ अफ द इयर” अवार्ड डिशहोमलाई

काठमाडौ । राजधानीको सोल्टी क्राउन प्लाजामा वृहत आयोजना भएको नेपाल बेष्ट ब्राण्ड अवार्ड २०१७ कार्यक्रममा “इमर्जिङ्ग ब्राण्ड अवार्ड” प्राप्त गर्न डिशहोम मिडिया नेटवर्क सफल भएको छ।

आयोजित नेपाल बेष्ट ब्राण्ड अवार्ड २०१७ कार्यक्रममा डिशहोम मिडिया नेटवर्कका प्रमुख कार्यकारी अधिकृत सुदिप आचार्यलाई “सी इ ओ अफ द इयर  २०१७” आवार्ड प्रदान गरिएको हो।

थाइल्याण्डको सी एस आर, थट लिडर्स, सी एम ओ र स्टार ग्रुपद्वारा आयोजित उक्त कार्यक्रममा डिशहोम मिडिया नेटवर्कलाई २ महत्वपूर्ण अवार्ड प्राप्त भएको हो । ग्रुपले विश्वको विभिन्न देशहरुमा ब्राण्ड र यस सम्बन्धी कार्यक्रम गरि अवार्ड प्रदान गर्दै आइरहेको छ।

नेपालमै पहिलो पटक डिजिटल स्याटेलाइट टि.भि. को प्रविधि भित्र्याउने डिश होम, नेपालको टेलिकम क्षेत्रमा सबैभन्दा छिटो अघि बढेको कम्पनी हो। सन् २००९ देखि सेवा शुरु गरेको डिश होमले नेपालमा डिजिटल टि.भि. सिग्नललाई नेपालभर विस्तार गरी देशलाई महत्वपूर्ण योगदान प्रदान गरेको छ।

स्थापनाको छोटो समयमा नै आफ्नो सेवालाई देशको प्रमुख शहरदेखि अत्यन्तै ग्रामिण क्षेत्रमा समेत सहज रुपमा उपलब्ध गराउन सफल डिश होम, नेपालीहरुको टि.भि हेर्नका लागि पहिलो रोजाईको प्रविधि बनेको छ डिशहोम ।

समय, प्रविधि र ग्राहकको चाहनालाई सहज रुपमा पूर्ति गर्न सक्नु, सेवाको सहज उपलब्धता सृजना गर्नु, बिक्री पछिको सेवा सस्तो र सहज हुनु तथा कम्पनी भित्रको व्यवस्थापन चुस्त दुरुस्त हुनुले नै महत्वपूर्ण अवार्डहरु “इमर्जिङ्ग ब्राण्ड अवार्ड”“सी इ ओ अफ द इयर” प्राप्त गर्न सफल हो।

कार्यक्रममा महत्वपूर्ण यी २ पुरस्कार प्राप्त गरे पश्चात कम्पनीलाई अझ जिम्मेवार र आफ्नो सेवाहरुलाई सशक्त रुपमा अघि वढाउनु पर्ने हौसला मिलेको कम्पनीका महाप्रबन्धक कल्याण अधिकारीले वताए ।

“इमर्जिङ्ग ब्राण्ड अवार्ड”“सी इ ओ अफ द इयर” अवार्ड कार्यक्रममा नेपालका विभिन्न प्रतिष्ठि कम्पनीहरु लगाएत विशेष क्षेत्रका महत्वपूर्ण व्यक्तिहरुको सहभागिता रहेको थियो ।

Share