सुन्तला उत्पादनमा ३५ प्रतिशत गिरावट

सुन्तला उत्पादनमा ३५ प्रतिशत गिरावट

काठमाडौ । सुन्तलाको पकेट क्षेत्रको रुपमा चिनिएका गोरखामा गतबर्षको तुलनामा सुन्तलाको उत्पादन ३५ प्रतिशत घटेको छ । जिल्ला कृषि विकास कार्यालयले करिब ५० हेक्टर क्षेत्रफलमा किसानका सुन्तला बगैंचा सुधार गरेपनि उत्पादन घटेको हो ।

सुन्तलाको पकेट क्षेत्रकै रुपमा चिनिएका गोरखाका मनकामना, ताङ्लिचोक, ताक्लुङ र फिनाममा बगैँचा सुधार कार्यक्रम भएको थियो।

जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी विनोद लामिछानेका अनुसार गोरखामा गतवर्ष चार हजार मेट्रिक टन सुन्तला उत्पादन भएको थियो।

फूलफुल्ने समयमा असिना पर्नु, विरुवाहरु पुरानो हुनु, किसानले आबश्यक गोडमेल नगर्नाले उत्पादन घटेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ।

Share