दैनिक गुनासोको ओइरो

दैनिक गुनासोको ओइरो

काठमाडौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको हेलो सरकारको कल सेन्टरमा दैनिक १५ वटासम्म गुनासो आउने गरेको छ।

सर्वसाधारणका गुनासोलाई व्यवस्थित तरिकाले सम्बोधन गर्न भन्दै मंसिर २८ गतेदेखि कल सेन्टर शुरु गरिएको थियो । हेलो सरकारका अधिकृत रामचन्द्र कोइरालाका अनुसार अहिले तीनवटा ठाउँबाट कल सेन्टर शुरु गरिएको छ । हेलो सरकारमा ईमेल, फेसबुक र ट्वीटरबाट गुनासो लिने गरिएको छ।

बिहान ७ देखि साँझ ९ बजेसम्म प्रत्येक दिन कल सेन्टरबाट कर्मचारीले गुनासो लिने गरेका छन् । सर्वसाधारणले ११११ मा फोन डायल गरी कलसेन्टर मार्फत गुनासो राख्न सक्छन्।

यसरी राखिएका गुनासोलाई तुरुन्तै कम्प्युटरमा टाइप गरी सम्बन्धित निकायमा गुनासो पु¥याउने र गुनासालाई रेकर्ड समेत गरिने कर्मचारी रुपक अर्यालले बताए।

Share