वेत्रावती उत्तरगयामा पितृ तर्पण गर्नेको भिड

वेत्रावती उत्तरगयामा पितृ तर्पण गर्नेको भिड

काठमाडौ । रसुवा र नुवाकोटको संगमस्थल वेत्रावतीको उत्तरगयामा पौसे कृष्ण औँशीको अवसरमा पितृ तर्पण गर्नेको आज भिड लागेको छ ।

धार्मिक एवं पवित्र त्रिशुली, सलाखु र फलाँखु खोलाको त्रिवेणीस्थल बेत्रावतीमा बिहानैदेखि दिवंगत पितृहरूको चीरशान्तिको कामना गर्दै ‘जौ को पिण्ड दिएर श्राद्ध गर्नेको भिड लागेको हो।

उत्तरगया क्षेत्र बिकास समितिका अनुसार पिण्ड तर्पण गर्नका लागि उत्तरगयाधाममा श्राद्ध गर्न हिन्दु र बौद्ध दुवै धर्मालम्वीका श्रद्धालु आउने गरेका छन्।

उत्तरगयाधाममा पिण्ड तर्पण गर्नाले दिवंगत व्यक्तिको आत्माले मोक्ष पाउने जनविश्वास रहिआएको छ ।

Share