चित्र–विचित्रको टिजर सार्वजनिक(With Video Teaser)

चित्र–विचित्रको टिजर सार्वजनिक(With Video Teaser)

काठमाडौ। जे देखिन्छ त्यो हुन्न । जे हुन्छ त्यो देखिन्न। यो समाजको चित्र,जसलाई आफ्नो थान्छौ। असल र राम्रो मान्छौ। हुन्छ त्यो नै बिचित्र अनि चित्र बिचित्र। मानिसको सामाजिक जीवनमा यिनै चित्र–विचित्रको बेग्लै पाराको बास्तविक कथावस्तुमा बेग्लै कमेडी सिरियल बेलायतवाट निर्माण भएको छ।

 

यही डिसेम्बर २५ का दिन क्रिसमसवाट रिलिज हुने क्रममा रहेको भिजन संसारको गौरबमय प्रस्तुति कमेडी सिरियल चित्र–विचित्रको टिजर अर्थात ट्रेलर सार्वजनिक भएको छ। सनम कुमार बैरागको लेखन तथा सम्पादन रहेको यस धारावाहिक सिरियलको निर्देशन आशिषराज पन्तले गरेका छन्।

 

बेलायतमा नै रहेका ख्यातिप्राप्त रंगकर्मीहरु सुरेश श्रेष्ठ, प्रशुना कंडेल,  सुस्मिता थापा, राजदीप राई, निश्चल दाहाल र शिव भण्डारी लगायतका कलाकारहरुले यस धारावाहिक कमेडी सिरियलमा अभिनय गरेका छन्। यस सिरियललाई धारावाहिक रुपमा भिजन संसारको आधिकारिक युट्युब च्यानलवाट हेर्न सकिने भएको छ।

Share