शुरु भयो टिभीएसको मेघा एक्सचेन्ज मेला

शुरु भयो टिभीएसको मेघा एक्सचेन्ज मेला

काठमाडौ । आजदेखि भृकुटीमण्डपमा टि भी एस को ५ दिनसम्म चल्ने मेघा एक्सचेन्ज मेला शुरु भएको छ । टि भी एस ले बिगत लामो समयदेखि नेपाली बजारमा आफ्ना विभिन्न मोडलका मोटरसाइकल तथा स्कुटरहरु बिक्री बितरण गर्दै आइरहेको छ ।

कम्पनीले आफ्ना ग्राहकहरुलाई थप सुविधाकासाथ आवश्यकतालाई परिपूर्ति गर्ने उद्देश्यले जगदम्बा मोटर्स अन्तर्गतको टि भी एस ले आजदेखि ६ गतेसम्म मेघा एक्सचेन्ज मेला आयोजना गरेको हो ।

५ दिनसम्म चल्ने उक्त मेगा एक्सचेन्ज मेलामा कुनै पनि पुरानो मोटरसाइकल तथा स्कुटरसंग टि भी एस कम्पनीका कुनै पनि मोटर साइकल तथा स्कुटर एक्सचेन्ज गर्न सकिने छ ।

हाल नेपालमा विक्री वितरण हुँदै आएका अन्य २ पांग्रे सवारी साधनहरु मध्ये टि भी एस कम्पनीसँग सबैभन्दा धेरै मोडलका बाइक तथा स्कुटरहरु उपलब्ध रहेका छन्। उक्त मेघा एक्सचेन्ज मेला बिगतमा पनि हुँदै आएको थियो र भविष्यमा पनि निरन्तर चलिरहने कम्पनीले दाबी समेत गरेको छ।

देशको अन्य शहरहरुमा पनि चलिरहेको उक्त मेलामा जस्तोसुकै कण्डिसनको मोटरसाइकल पनि एक्सचेन्ज गर्न सकिने कुरा कम्पनीले जनाएको छ। एक्सचेन्जमा १०,००० देखि १ लाखसम्मको क्गचभ क्जयत ऋबकज छुटको अवसर प्रदान गरिनुका साथै थप मूल्याङ्कनको पनि व्यवस्था गरिएको छ।

मेलालाई थप आकर्षक, मनोरञ्जनात्मक र सुविधा सम्पन्न बनाउन बाइक स्टन्ट, फ्रि बाइक चेक अप, फेस पेन्टिङ्ग, हेल्मेट अनि एसेसोरिज स्टल र विभिन्न खेलहरु प्रदर्शन गरिने छ।

मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्नको लागि मेगा एक्सचेन्ज मेला मै तुरुन्त फाइनान्सको सेवा सुबिधाहरु रहेको छ ।

Share