एसीसी इस्टर्न रिजन क्रिकेट उपाधि नेपाललाई

एसीसी इस्टर्न रिजन क्रिकेट उपाधि नेपाललाई

काठमाडौ । नेपालले १६ वर्षमुनिको एसीसी इस्टर्न रिजन क्रिकेटको उपाधि जितेको छ । सिंगापुरलाई ७१ रनले हराउँदै नेपालले उपाधि जितेको हो।

थाईल्याण्डको ट्रेड थाई मैदानमा पहिले ब्याटिङ गरी १ सय ८३ रन बनाएको नेपालले सिंगापुरलाई ३२ औं ओभरमा १ सय १२ रनमा अलआउट ग¥यो।

नेपाललाई जिताउन अजय कुमार लोनिया र सूर्य तामाङले तीन–तीन विकेट लिए । टस जितेर ब्याटिङ गरी नेपालले ३५ ओभरमा ६ विकेट गुमाएर १ सय ८३ रन जोडेको थियो।

नेपालका लागि विशाल विक्रम केसीले आउट हुनुअघि सर्वाधिक ६३ बनाए भने नारायण जोशीले नट आउट ४६ रन बनाए । यस्तै सुवास ऐरले २२, त्रितराज दासले १९, सुनील भण्डारीले १५ रन बनाउनु बाहेक अरुले राम्रो प्रदर्शन गर्न सकेनन् ।

नेपालले उपाधि जितेको यो दोस्रो पटक हो। सन् २०१४ मा पनि नेपालले यो उपाधि जितेको थियो ।

Share