खाद्यबाली छोडेर जडिबुटी खेतीतिर उन्मुख

खाद्यबाली छोडेर जडिबुटी खेतीतिर उन्मुख

काठमाडौ । जिल्ला वन कार्यालयले जडिबुटी विकास कार्यक्रम संचालन गरेपछि इलामका उच्च पहाडी क्षेत्रका किसानले जडिबुटी खेती शुरु गरेका छन्।

लोपोन्मुख जडिबुटीको संरक्षणसँगै व्यवसायीक रुपमा खेती गर्न अनुदान पाएपछि उनीहरुले खाद्यबाली छोडेर जडिबुटीको खेती शुरु गरेका हुन्।

राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा जडिबुटीको उच्च माग रहेको लौठसल्ला र चिराइतोको व्यवसायीक खेती विस्तारका लागि इलाममा जडिबुटी विकास कार्यक्रम संचालन हुँदै आएको छ ।

परम्परागत रुपमा खेती हुँदै आएको इलामको माईजोगमाई र सन्दकपुर गाउँपालिकामा जडिबुटी खेती गर्न आर्थिक तथा प्राविधिक सहयोग भएपछि किसानहरु उत्साहित छन्।

Share