मागे बाम गठबन्धनले देउवाको राजिनामा

मागे बाम गठबन्धनले देउवाको राजिनामा

काठमाडौ । राजिनामा दिएर नयाँ सरकार गठनको बाटो खोलिदिन प्रधानमन्त्री शेरबहादुर देउवासँग बाम गठबन्धनले आग्रह गरेको छ।

संयुक्त पत्रकार सम्मेलन गरी एमाले र माओवादीले प्रधानमन्त्री देउवाको राजिनामा मागेका हुन् । प्रधानमन्त्री देउवा संविधान र लोकतान्त्रिक मूल्य मान्यता विपरित चलेको वामगठबन्धनको आरोप छ ।

प्रधानमन्त्री देउवाले नयाँ जनमतको अपमान हुने क्रियकलाप गर्दै गलत अभिव्यक्ति दिईरहेको आरोप पनि वामगठबन्धनले लगाएको छ ।

पत्रकार सम्मेलनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री देउवाको अभिव्यक्ति र क्रियाकलाप लोकतन्त्रको गतिविधिमा अवरोध पुग्ने खालको भएको टिप्पणी गरे ।

सरकारले राष्ट्रिय सभा निर्वाचन सम्बन्धी अध्यादेश आफू अनुकल ल्याएको भन्दै स्वीकार नगर्ने बाम गठवन्धनले प्रष्ट पारेको छ। दुबै दलले प्रतिनिधिसभा गठन गरेर सरकार बनाउन सकिने जिकिर गरेका छन् ।

Share