मतगणना सकिए लगत्तै सिट संख्या निर्धारण

मतगणना सकिए लगत्तै सिट संख्या निर्धारण

काठमाडौ । निर्वाचन आयोगले आज समानुपातिकतर्फको सिट संख्या निर्धारण गर्ने भएको छ । दलहरुले समानुपातिक तर्फ पाएको मतको आधारमा आयोगले सिट संख्या निर्धारण गर्ने भएको हो ।

समानुपातिक तर्फको मतगणना केही बेरमै सकिने र मतगणना सकिए लगत्तै सिट संख्या निर्धारण गरिने आयोगका सूचना अधिकारी सूर्य प्रसाद अर्यालले जानकारी दिए।

प्रतिनिधिसभाको समानुपातिक तर्फ ३ प्रतिशत मत पाउने दलहरुको मात्रै सिट निर्धारण हुनेछ । प्रतिनिधिसभाको समानुपातिकतर्फ ३ प्रतिशत मत कटाउने पाँच वटा दल मात्रै भएका छन् ।

यस्तै प्रदेशसभाको समानुपातिकतर्फ भने १ दशमलव ५ प्रतिशत मत पाउने दललाई सिट संख्या निर्धारण हुनेछ । सिट संस्या निधारण गरेपछि आयोगले संविधान, कानून अनुसार बर्ग, समुदायको प्रतिनिधित्व हुने गरी नाम छनौट गरेर आयोगमा पठाउन सात दिनको समय दिएर दलहरुलाई पत्र पठाउने छ।

आयोगले फेरी ती नाम सच्याउन ३ दिनको समय दिनेछ । तीन दिनभित्र पनि दलहरुले आयोगमा नाम नबुझाए आयोगले ऐन नियम अनुसार आफै दलहरुले चुनाव अघि बुझाएको बन्द सूचिका आधारमा नाम छनौट गर्नेछ ।

Share