आगलागी हुँदा ७० लाख बराबरको क्षति

आगलागी हुँदा ७० लाख बराबरको क्षति

भोजराज कार्की/सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ८ बागमको एक घर जलेर नष्ट हुँदा करिब ७० लाख बराबरको क्षति भएकोे छ।

स्थानिय तेन्डि शेर्पाको घरमा शनिबार अपराहन्न ग्यास लिग भएर आगलागी हुँदा १ लाख ५० हजार नगद सहिद शेर्पाको ढुगा र माटोले बनेको तिन तले घर, घरमा भएको सुनचादी काँसा तामा लगायत सम्पूर्ण धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुका प्रहरी निरीक्षक तथा सुचना अधिकारी प्रद्युम्न अधिकारीले जानकारी दिए ।

अपरान्ह चिया पकाएर घरमा भएको मानिस मेलामा गएको समयमा ग्यास लिग भई आगलागी भएको प्रहरीले जनाएको छ । घटनास्थलमा पुगेका प्रहरी टोली र स्थानियले आगो नियन्त्रणको प्रयास गरेको भए पनि नियन्त्रणमा लिन नसक्दा घर पूर्ण रुपमा जलेर नष्ट भएको स्थानियले बताए।

Share