तीन दिनदेखि लागेको डढेलो निभाउने प्रयास जारी

तीन दिनदेखि लागेको डढेलो निभाउने प्रयास जारी

काठमाडौ । बागलुङ ताराखोला जंगलमा तीन दिनदेखि लागेको डढेलो नियन्त्रणका लागि नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासी संयुक्त रुपमा खटिएका छन्।

अस्तीको दिउँसो खरबारीबाट सल्किएको आगो जंगलमा फैलिएर २ सय हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ । ५ सय भन्दा बढी स्थानीयसँगै २५ जना सेना प्रहरीको टोलीले आगो नियन्त्रणको काम खटिइरहेको स्थानीय मालारानी आधारभूत विद्यालयका शिक्षक कमल घर्तीले जानकारी दिए ।

अहिले आगलागी भएको जंगल क्षेत्रको भागलाई वरिपरिबाट घेरा हालेर निभाउने काम भईरहेको छ । काँडा पोल्ने क्रममा बालिएको आगो खरबारी हुँदै आसपासको जंगलमा फैलिएको हो ।

Share