इश्क लुकेको “तिमी यसै पनि राम्री” भिडियो सार्बजनिक

इश्क लुकेको “तिमी यसै पनि राम्री” भिडियो सार्बजनिक

काठमाडौ । आँटिला युवा गायक इशक राईको दमदार आवाजमा केहि दिन अगाडि मात्र एउटा रमाईलो नेपाली पप गीत “तिमी यसै पनि राम्री” म्यूजिक भिडियो सार्बजनिक भएको छ ।

एलबम “इशक” मा समावेश गरिएको गीतको म्यूजिक भिडियोलाई एक विशेष कार्यक्रमको भब्य आयोजना गरी अति विशिष्ट व्यक्तित्वहरुकाबीच सार्बजनिक गरिएको हो।

युवा गायक राईको तेजिलो आवाजमा निर्मित “तिमी यसै पनि राम्री” गीतको म्यूजिक भिडियोमा मोडल शौरभ र शायशाले अति सुन्दर अनि शानदार अभिनय पस्केका छन्।

विशेषतह युवावर्गको मनको खुलदुलीलाई तिर्सना मेटाउने खालको छ म्यूजिक भिडियो । किनकि चढ्दो युवावस्थामा आफ्नो हुनेवाली युवतीलाई जुनसुकै कोणबाट हेर्दा पनि उत्तिकै राम्री देखिने भनेर प्रमाणित गर्न खोजिएको छ ।

कृष्ण तामाङदरा निर्देशित भिडियो गीत “तिमी यसै पनि राम्री” गीतका शब्द रचनाकार दयाराम दाहाल हुन् भने म्यूजिक भिडियोमा अर्जुन पोखरेलको संगीत रहेको छ। त्यस्तैगरी छायाँ सम्पादन तिलक रिजालले गरेका हुन् भने एरेञ्जरमा अमोश तामाङ रहेको छ ।

Share