सिन्धुलीमै अत्याधुनिक राष्ट्रियस्तरको स्टुडियो स्थापना

सिन्धुलीमै अत्याधुनिक राष्ट्रियस्तरको स्टुडियो स्थापना

सन्तोष कार्की काठमाडौ । सिन्धुली जिल्लाको सिन्धुली बजारमै एउटा अत्याधुनिक सुविधा सम्पन्न राष्ट्रियस्तरको फिल्म स्टुडियोको स्थापना भएको छ।

तारा सितारा प्रोडक्शन नामले चिनिने फिल्म स्टुडियोलाई विशेष कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको हो । यसका साथसाथै अबदेखि गीतm, संगीत रेकर्डिङ्ग, म्यूजिक भिडियोहरु निर्माण गर्न काठमाडौ नै धाउनु पर्ने समस्या टरेको छ ।

पूर्वकै पर्यटकीय नगरी प्रख्यात ठाउँ सिन्धुली, कलाकारहरुकै पहिचान बोकेको जिल्ला सिन्धुलीलाई जुनारले मात्र चिनाउँदैन अब त स्तरीय गीत संगीत निर्माण गर्न सजिलो विशिष्ट थलोको अर्को रुपले पनि चिनाउने पक्का भएको छ ।

उद्घाटन समारोहकै अवसरमा विगत एक दशकदेखि नेपाली चलचित्र क्षेत्रमा कार्य गर्दै आएका तारा सितारा प्रोडक्सन स्टुडियोका निर्देशक कृष्ण पौडेलले नेपाली कथानक चलचित्रको धून निर्माण गरी शुभारम्भ गरेका थिए ।

अब उपरान्त पूर्वीय सहरहरु सिन्धुली आसपासका जिल्लाहरु रामेछाप, ओखलढुंगा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाहीका गीत संगीतका पारखीहरु यहि तारा सितारा गीत, संगीत, म्यूजिक भिडियो र फिल्म स्टुडियोबाट पूर्ण लाभान्वित हुनेमा निर्देशक पौडेलले दाबी गरे ।

कुराकानीको क्रममा निर्देशक पौडेलले भने गीत संगीत रेकर्डिङ्, अभिनय तथा नृत्य सम्बन्धी प्रशिक्षण लगाएत भिडियो निर्माण एवं फिल्म निर्माणसम्मको कार्य यही स्टुडियोले पूरा गर्ने समेत दाबी गरे ।

अत्याधुनिक सुविधा सम्पन्न स्टुडियो स्टुडियो उद्घाटन समारोहमा गीत संगीत क्षेत्रका वरिष्ठ कलाकर्मी, उद्योगपति, राजनीतिज्ञ, समाजसेवी र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

Share