दार्चुलाको गोकुलेश्वरमा महालक्ष्मीको शाखा विस्तार

दार्चुलाको गोकुलेश्वरमा महालक्ष्मीको शाखा विस्तार

काठमाडौ । सुदूरपश्चिमको दुर्गम जिल्लाहरुमा समेत बैँकिङ्ग पहुँच पुर्याइसकेको महालक्ष्मी विकास बैँक लि. ले आज बिहिबारदेखि दार्चुलाको गोकुलेश्वरमा बैँकको ७०औँ शाखा सञ्चालनमा ल्याएको छ ।

दार्चुलाको गोकुलेश्वरमा शाखा सञ्चालनमा आए पश्चात बैँकको शाखा संख्या ७० पुगेको छ भने बैँकको एटिएम संख्या ३५ रहेको छ।

विकास बैँकहरु मध्येकै सबैभन्दा बढी चुक्ता पुूजी भएको महालक्ष्मी विकास बैँक लि. ले कात्र्तिक मसान्तसम्म २५ अर्ब ४३ करोड रुपँैया निक्षेप संकलन गरी २० अर्ब १२ करोड रुपँैया कर्जा प्रवाह गरेको छ ।

Share