सिंहदरवार र प्रादेशिक सरकारको अंक गणित यस्तो हुदैछ…

सिंहदरवार र प्रादेशिक सरकारको अंक गणित यस्तो हुदैछ…

सानुराजा पुरी/काठमाडौ । नेपालको सविधान २०७२ बमोजिम पहिलो हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभाको १६५ स्थान मध्ये १५७ स्थानको मत परिणम सार्वजनिक भएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ नेकपा (एमाले) का ८०, नेकपा (माओवादी केन्द्र) का ३८, नेपाली काँग्रेसका २२, राष्ट्रिय जनता पार्टी, नेपालका १० र संघीय समाजवादी फोरम नेपालका १० प्रतिनिधि निर्वाचित भएका छन् ।

प्रदेश सभामातर्फ ३३० स्थान मध्ये हालसम्म नेकपा (एमाले) का १६६, नेकपा (माओवादी केन्द्र) का ७३, नेपाली काँग्रेसका ३९, राष्ट्रिय जनता पार्टी, नेपालका १६ र संघीय समाजवादी फोरम नेपालका २४, नयाँ शक्ति २ राष्ट्रिय जनमोर्चा २ नेपाल मजदुर किसान पार्टी १ र स्वतन्त्र ३ जना प्रतिनिधि निर्वाचित भएका छन् ।

समानुपातिक तर्फको मत गणना :

निर्वाचन आयोगका अनुसार नेकपा (एमाले) ले १७ लाख ८० हजार ९ सय ५७ मत, नेपाली काँग्रेसले १७ लाख ९० हजार ३ सय ८१, नेकपा (माओवादी केन्द्र) ले ७ लाख ३० हजार ८ सय, संघीय समाजवादी फोरम, नेपालले २ लाख ३० हजार ८ सय ४४, विवेकशील साझा पार्टीले १ लाख १६ हजार ५ सय २५, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ७२ हजार ५ सय २०, राष्ट्रिय जनता पार्टी नेपालले १ लाख ७२ हजार ५ सय २०, नयाँ शक्ति पार्टी, नेपालले ५४ हजार ४ सय २९, राष्ट्रिय जनमोर्चाले २५ हजार ८२६ र राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक) ले ४१ हजार ८ सय ६९ मत प्राप्त गरेका छन्।

प्रदेशसभा संरचनामा निर्वाचनको सीट संख्या:

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम निर्वाचित हुने १६५ सदस्य र समानुपातिक निर्वाचन प्रणाली बमोजिम निर्वाचित हुने ११० गरी २६५ जना सांसद रहने छन्।

प्रदेशतर्फको निर्वाचन परिणमामा पनि नेकपा एमाले १६८, माओवादी केन्द्र ७३, नेपाली काग्रेस ४१, संघिय समाजवादी २४, राष्ट्रिय जनता पाटी १६, नयाँ शक्ति २, राष्ट्रिय जनमोर्चा २, नेपाल मजदुर किसान पार्टी १ र स्वतन्त्र ३ ले विजयी हासिल गरेका छन् । निर्वाचन परिणाम आउने क्रम जारी रहेको छ।

Share