उत्तरप्रति अमेरिकाको नरम प्रस्तुती

उत्तरप्रति अमेरिकाको नरम प्रस्तुती

अमेरिका उत्तर कोरियासँग नरम भएर प्रस्तुत भएको छ । अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले उत्तर कोरियासँग आफूहरु विना शर्त जुनसुकै बेला वार्तामा बस्ने तयार रहेको बताएको छ।

यसअघि वार्ताका लागि उत्तर कोरिया निशस्त्र हुनु पर्ने माग गरेको केही दिनमै टिलर्सनको यस्तो प्रतिक्रिया सार्वजनिक भएको हो । वासिङ्टन डिसिमा बोल्दै टिलर्सनले भने, ‘आउनुस तपाईहरु जहाँ भन्नुहुन्छ त्यहिँ वसौं र छलफल गरौं त्यसका लागि हामी तयार छौं ।’ टिलर्सनले अमेरिका उत्तर कोरियाको परमाणु हतियार मात्रै स्वीकार गर्न नसक्ने बताए ।

उत्तर कोरियाको परमाणु कार्यक्रम विरुद्ध अमेरिकाले भारी प्रतिबन्ध लगाएको छ । हालै उत्तर कोरियाको भ्रमणबाट फर्किएका संयुक्त राष्ट्रसंघका राजनैतिक प्रमुख जेफ्री फेल्टम्यानले उत्तर कोरियाली अधिकारीहरु पनि युद्ध रोक्नु पर्ने पक्षमा रहेको बताएको छ ।

उत्तर कोरियाका नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भने पछिल्लो समय वाक युद्ध हुने गरेको छ ।

– एजेन्सी ।

Share