आफ्ना सेना फिर्ता बोलाए

आफ्ना सेना फिर्ता बोलाए

रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले सिरियामा परिचालित आफ्ना सेना रुसले फिर्ता बोलाएको छ । राष्ट्रपति पुटिनले सिरियामा तैनाथ गरिएका सेना फिर्ता गर्ने निर्णय गरेलगत्तै रुसी सेना फर्कन थालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् ।

अचानक सिरिया पुगेका रुसी राष्ट्रपति पुटिनले सिरियाको अवस्थामा केही सुधार आएको भन्दै सेना फिर्ता बोलाउने निर्णय गर्नुभएको हो।

भ्रमणका क्रममा रुसी राष्ट्रपति भ्लादिमीर पुटिन र सिरियाली राष्ट्रपति बसर अल असदबीच सिरियाको लाताकियामा रहेको हवाई अड्डामा भेटवार्ता भएको थियो।

सिरियामा जारी द्वन्द्वपछि रुसले सिरियामा ३ हजारको संख्यामा आफ्ना सेना परिचालन भएको थियो ।

– एजेन्सी ।

Share