प्रत्यक्षतर्फको मतगणना आज सकिने

प्रत्यक्षतर्फको मतगणना आज सकिने

काठमाडौ । निर्बाचन आयोगले प्रतिनिधि सभा र प्रदेशसभा निर्बाचनको प्रत्यक्ष तर्फको मतगणना आज सकिने जनाएको छ ।

तोकेको समयमै प्रत्यक्षतर्फको मतगणना सकिने गरि प्रत्यक्षतर्फको मतगणना भईरहेको आयोगका प्रबक्ता प्रबक्ता नवराज ढकालले जानकारी दिए।

आयोगले प्रत्यक्षतर्फको मतगणना निर्वाचन सकिएको ४ दिनभित्र सक्ने लक्ष्य राखेको थियो । समानुपातिकतर्फको मतगणना पनि आगामी ३० गतेभित्र सकिने आयोगले जनाएको छ ।

Share