गजल 

गजल 

आज सपना देखें भन्दै,

अन्योलमा नपर्नु है

बाटो खन्नु शिखर चढ्ने,

चिप्लि तल नझर्नु है ।

सबले देख्दा हराभरा,

तिम्रो जीवन फुलेको छ

नजर मेरा जुधे पछि,

तिमी यता नसर्नु है ।

तिम्रै लागि ज्यान त्याग्छिन् ,

तिमी स्वर्ग बनि दिनु

फूल फुल्ने बगैंचामा, काँडा

ल्याएर नछर्नु है ।

विश्वासले मुटु भर्छिन् , तिमी

मेरो संसार भन्दै

लुकीछिपी आँखा छल्दै,

विश्वासघात नगर्नु है ।

दंग पर्छौ भेल आउँदा, उपाय

केहि हुन्न त्यहाँ आँट गरि सप्तकोशी, पैदल

हिड्दै नतर्नु है ।

– मनिषा प्रसाई ।

Share