पुष्प कमल दाहाल (प्रचण्ड) निर्वाचित

पुष्प कमल दाहाल (प्रचण्ड) निर्वाचित

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) चितवन ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्बाचीत भएको छ । अध्यक्ष प्रचण्डले ४८ हजार २ सय ६९ मत ल्याएर विजयी भएको हो ।

उनका निकटतम प्रतिद्धन्द्धी राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेले ३८ हजार ९ सय ४२ मत ल्याएको छ । प्रचण्ड ९ हजार ३ सय २७ को फराकिलो मतान्तरले विजयी भएको हो ।

यसअघि क्षेत्र नम्वर १ र २ मा मा पनि बामगठबन्धन विजयी भइसकेको छ ।

Share