हिमपात कारण जनजीवन प्रभावित

हिमपात कारण जनजीवन प्रभावित

बेलायतका अधिकांस क्षेत्रमा हिमपात परेको छ । हिमपातका कारण त्यहाका जनजीवन प्रभावित निकै नै भएको छ ।

हिमपातका कारण वेल्स, मिडल्याण्ड तथा उत्तर तथा पश्चिमी इङल्याण्डमा व्यापक हिमपात भएको मौसमविद्हरुले बताएका छन्।

हिमपातका कारण बरमिङघम विमानस्थलबाट विभिन्न स्थानका लागि तय भएका उडानहरू अवरुद्ध भएका छन् भने अन्य यातायातबाट हुने आवत जावतमा समेत निकै कठिनाई परेको बेलायती अधिकारीहरुले बताएका छन् ।

मौसम विज्ञान कार्यालयले वेल्स लगायतका क्षेत्रमा थप हिउँ पर्ने जनाउँदै सावधानी अपनाउन आग्रह गरेको छ । हिमपातपछि स्कटल्याण्ड, वेल्स लगायतका भूभागमा तापक्रम ह्वात्तै घटेर माइनस १० डिग्री सेल्सियससम्म पुगेको बताइएको छ ।

सरकारी अधिकारीहरुले एक दुई दिन नयाँ यात्रा तय नगर्न समेत नागरिकलाई आग्रह गरेका छन ।

– एजेन्सी ।

Share