विश्व पर्वत दिवस नेपालमा मनाउँदै

विश्व पर्वत दिवस नेपालमा मनाउँदै

काठमाडौ । विश्व पर्वत दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । संयुक्त राष्ट्रसंघीय पर्यटन संगठनको आह्वानमा हरेक वर्ष डिसेम्वर ११ का दिन विश्व पर्वत दिवस मनाइँदै आएको छ ।

नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघ लगायतका संस्थाहरुले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । अग्ला पर्वत र यसले प्राकृतिक जीवनमा राखेको महत्वपूर्ण योगदानको कदर गर्दै यो दिवस मनाउने गरिन्छ ।

पृथ्वीको कूल भूभागको ४५ प्रतिशत भाग पर्वतयूक्त छन् । विश्वका कूल जनसंख्याको १२ प्रतिशत मानिस पर्वतीय क्षेत्रमा बसोबास गर्छन् ।
नेपाल पनि पर्वतीय मुलुक हो। विश्वको सर्वोच्च शिखर सगरमाथा सहित नेपालको ४३ प्रतिशत भूभाग पहाडै पहाडले ढाकेकोे छ ।

पछिल्लो समय जलवायु परिवर्तनका कारण पर्वतीय जनजीवनमा असर परिरहेको छ । सेताम्य देखिने हिम श्रृंखला निरन्तर काला पत्थर बन्दै गइरहेका छन्।

Share