“निर्जला” को छायांकन धमाधम हुँदै

“निर्जला” को छायांकन धमाधम हुँदै

काठमाडौ । चर्चित नायिका शुभेच्छा थापा अभिनित चलचित्र निर्जला को छायांकन कार्य धमाधम शुरु भएको छ । चलचित्र ”निर्जला” सुभेच्छा सिने फ्रेम र राजु गिरी प्रोडक्सन मार्फत निर्माण भैरहेको छ ।

चलचित्र ”निर्जला” को छायांकन कार्य भने भक्तपुरस्थित विश्वसम्पदाको सूचिमा परेका विभिन्न सुन्दरस्थलहरुबाट शुरु गरिएको पनि नायिका शुभेच्छा थापाले वताईन्।

चलचित्रको मुख्य भुमिकामा नायिका शुभेच्छा थापा, निक शर्मा, राजिव कुमार, गोबिन्द के गुर्मचाने, भिम प्रसाद खनाल, रश्मी भट्ट, पल्पसा डङ्गोल, मदन सिटौला, प्रेम पौडेल, जयनन्द लामा, भिम खनाल प्रकाश न्यौपाने लगायतको मनमोहक अभिनय रहने छन् ।

निर्देशक राजु गिरीका अनुसार चलचित्र ”निर्जला” को छायांकन भक्तपुर, काठमाडौ, धादिङको तोप्लाङ लगाएत प्राकृतिक सुन्दरताले भरिएको प्रशिद्ध स्थलहरुमा हुने छन्।

निर्माता प्रकाश न्यौपानेद्वारा निर्मित चलचित्र ”निर्जला” मा राजु गिरीको निर्देशन रहेको छ । त्यस्तैगरी गीतमा संगीत बाबुल गिरिले भरेका छन् भने छायांकन बाशु बरालले गरेका छन्।

चलचित्र  ”निर्जला” का लागि निर्देशक राजु गिरी र नायिका शुभेच्छा थापालाई निर्माता प्रकाश न्यौपानेले अहिलेसम्मकै महंगो रकममा सम्झ्यौता गराउन सफल भएकाले पनि बजार बढी चर्चाको विषय बनेको छ ।

त्यसकारणले पनि फिल्म ”निर्जला” एकदमै उत्कृष्ट र गुणस्तरीय बन्नेमा निर्माता प्रकाश न्यौपाने ढुक्क छन् ।

Share