एक पटक मर्न नभुल

एक पटक मर्न नभुल

“एक पटक मर्न नभुल”

रमाउन सक्यौ रमायौ तर खबरदारी गर्न नभुल
हिजोसम्म छुट्टै सन्सार आज अपन्त्व छर्न नभुल

जन्त जादाको खुशी सधै तिम्रो हकमा हुने छैन
रात गयो बात गयो भन्छन आफैंलाई खेर्न नभुल

तिम्रो खुशी केही दिनमा मुते न्यानो जस्तै होला
धरातल बिर्सिएर तिमी घरको ढिडो चर्न नभुल

कालोलाई नि सेतो भन्ने बानी परि सक्यो क्यारे
भ्रमको फसल होइन अब बाझोबारी खन्न नभुल

माथिकाको निम्ति लड्यौ तलकालाई बिर्सिएर
भूई मान्छेको निम्ति लडि एक पटक मर्न नभुल ।

============********===========

(*चर्नु = खानु /पेट भर्नु/स्वाद लिनु भन्ने भावमा)

-खेम आचार्य

Share