पूर्व मन्त्री र पूर्व लडाकूको सोलुखुम्बूमा भिडन्त

पूर्व मन्त्री र पूर्व लडाकूको सोलुखुम्बूमा भिडन्त

भोजराज कार्की/सोलुखुम्बु । पूर्व मन्त्री बलबहादुर केसीभन्दा पूर्व लडाकू माओवादी (केन्द्र) का हेमकुमार राईले ३ हजार ९१५ मतले अग्रता लिएका छन्।

साझ ६ बजे सार्वजनिक गरिएको परिणाम अनुसार माओवादीका हेमकुमारले १३ हजार ३०७ मत ल्याएका छन् भने काग्रेसका बलबहादुरले ९ हजार ३८८ मत सहित पछ्याउँदै छन्।

पूर्व सांसद समेत रहेका केसी यस अघि सम्पन्न २०६४ को संविधान सभाको निर्वाचन बाहेक कुनैपनि निर्वाचनमा पराजय भएका छैनन् भने हेमकुमार पहिलो पटक लोकतान्त्रिक पद्दती अनुसार निर्वाचनमा भाग लिएका हुन् ।

तीन पटक मन्त्री समेत बनिसकेका बलबहादुर भन्दा हेमकुमारले सुरुवाती देखिको अग्रतालाई थप बढाउदै लगेपछि उनकै जीत हुने आड्कलबाजी समेत गर्न थालिएको छ।

प्रदेश सभा (क) मा बाम गठबन्धनका उत्तक कुमार बस्नेतले ७ हजार ३७७ मत ल्याएका छन् भने काग्रेसका प्रकास सिं कार्कीले ५ हजार १८८ मत प्राप्त गरेका छन्।

यस्तै प्रदेश सभा (ख) मा पनि बामगठबन्धनका बुद्धिकुमार राजभण्डारीले ७ हजार ४३१ मत प्राप्त गर्दा काग्रेसका आङगेलु शेर्पाले ५ हजार ७ मत प्राप्त गरेका छन्।

Share