“आजदेखि संविधान लागू भएको छ” नेम्वाङ

“आजदेखि संविधान लागू भएको छ” नेम्वाङ

काठमाडौ । आज इलामको मंगलबारेमा मतदान गरेपछि एमाले नेता तथा पूर्वसभामुख सुवास नेम्वाङले निर्वाचनसँगै मुलुकमा नयाँ संविधान लागू हुने बताएको छ।

इलाम नगरपालिका–७ को बालमन्दिर आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गरेपछि नेम्वाङले भने, “आजदेखि संविधान लागू भएको छ । यसका लागि निर्वाचन फलदायी भएको छ ।”

यस्तैगरी नेपाली कांग्रेसका नेता तथा पूर्व भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री केशव थापाले पनि सोही केन्द्रबाट मतदान गरेको थियो।
मतदान गरे पश्चात थापाले यो निर्वाचनले लोकतन्त्रलाई संस्थागत गर्न सहयोग पुगेको विषयमा जोड दिएको थियो ।

आजको मतदानमा सोही केन्द्रबाट नेपाली कांग्रेसका पूर्व महामन्त्री केबी गुरुङले पनि मतदान गरेका थिए ।