मेघा चौधरीको अकल्पनीय पहलमा वेवारिसेले पाए नयाँ जीवन

मेघा चौधरीको अकल्पनीय पहलमा वेवारिसेले पाए नयाँ जीवन

काठमाडौं । केहि दिन अघि वीर अस्पतालमा विरामी भएर बेवारिसे बनेका व्यक्तिले नयाँ जिवन पाएका छन् ।  मृत्युसंग संघर्ष गरी रहेका ति व्यक्तिको पीडादायी फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी शाक्यले थाहा पाइन् ।

निर्देशक मेघाको मन मानेन र जसरी पनि निज वृद्धलाई उपचार गर्ने प्रण गर्दै नर्भिक अस्पतालबाट एम्बुलेन्स पठाएर उक्त वृद्धको उद्धार गरी उपचार गराउनमा व्यस्त बनिन्।

अहिले निज विरामी व्यक्तिले नयाँ जीवन पाएका छन् । नयाँ जीवन पाएकोमा ति व्यक्ति जति खुशी छन् त्यो भन्दा बढि खुशी मेघा छिन् ।
पहिलेदेखि नै सामाजिक काममा सक्रिय मेघा अरुको पीडामा सहयोगी बन्न पाउँदा खुशी लाग्ने बताउँछिन् ।

नयाँ जीवन पाएका ति व्यक्तिसंग कुरा गर्दा घर पूर्व भने पनि अन्य आफ्नो कुरा भने बताउन चाहेनन् । निर्देशक मेघाका अनुसार अहिले उनको अवस्था सामान्य बन्दै गएको छ । केहि दिन ल्याउन ढिला भएको भए उक्त विरामीको मृत्यु हुने सम्भावना बढि रहेको थियो ।

उनी पूर्ण निको भएपछि परिवार पत्ता नलागे वृद्धाश्रम राख्ने व्यवस्था गर्ने तर फेरी बेबारिसे अवस्थामा भने नछोड्ने स्पष्ट पारेकी छिन् ।
यस घटनाले पनि एउटा व्यक्तिको सानो सहयोगले कसैले नयाँ जीवन पाउन सक्छन् भन्ने बलियो प्रमाण हो । अस्पतालमा अहिले पनि गरिब तथा असहायको लागि छुट्टै बेडको अवस्था गरेको अस्पतालले जनाएको छ ।

यसरी विशाल हृदयकी धनी मेघाको मन, बाँचेका छन् वेवारिसे व्यक्तिको जिउधन, यो हामी सबैलागि खुशीको कुरा हुनुको साथै सम्बन्धित सरोकारवाला निकायलाई गहिरो र चोटिलो प्रहार त गरेकै छ र मेघाले यो सवक सिकाएकी छिन् र सिक्न जरुरी देखिन्छ ।