लेक लागेर युवकको मृत्यु

लेक लागेर युवकको मृत्यु

सोलुखुम्बु भोजराज कार्की । सोलुखुम्बुको नाम्चेमा लेक लागेर एक युवकले ज्यान गएका छन् । सोलुखुम्बु जिल्लाको दुकौशीका गाउँपालिका ७ देउसाका २० बर्षिय पुर्ण बहादुर राईको ट्रेकिङ जाने क्रममा लेक लागेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार खुम्बु पासाङ ल्हामु गाउँपालिका ४ गोरक्सेपमामा मगंलबार साँझ विरामी परेका राईको इलाका स्वास्थ्य चौकी नाम्चेमा उपचारको क्रममा बुधबार विहान मृत्यु भएको हो ।

ईन्टेक कम्पनी काठमाण्डौबाट सगरमाथा बेसक्याम्पको लागि ट्रेकिंग भरियाको रुपमा आएका राईको शव आवश्यक कानूनी प्रकृया पूरा गरि आजै परिवारलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक प्रधुम्न अधिकारीले जानकारी दिए ।