१० वटै निर्वाचन क्षेत्रमा सिसी टिभी र तारजाली

१० वटै निर्वाचन क्षेत्रमा सिसी टिभी र तारजाली

काठमाडौ । देशकै सबैभन्दा धेरै निर्वाचन क्षेत्र र मतदाता भएको काठमाडौँमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । काठमाडौँमा १० वटै निर्वाचन क्षेत्रमा मतदानका लागि तयारी पूरा भएको काठमाडौँ निर्वाचन क्षेत्र नं १ का मुख्य अधिृकत रमेशराज पोखरेलले जानकारी दिए।

मतदान सम्पन्न भएपछि मतगणनास्थलको सुरक्षा व्यवस्थालाई ध्यानमा राखी निर्वाचन आयोगले काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा सिसी टिभी क्यामेरा र तारजाली राख्ने तयारी समेत गरेको छ ।

काठमाडौँ जिल्लामा १० वटा निर्वाचन क्षेत्र रहेकाले मतगणना एकै ठाउँमा गर्दा ढिलाइ हुने हुँदा विभिन्न स्थानमा गणना गर्ने तयारी पनि निर्वाचन आयोगले गरेको छ।

आयोगका अनुसार निर्वाचन क्षेत्र नं १, २, ३ र ४ राष्ट्रिय सभागृहमा, क्षेत्र नं ५ र ७ को सहकारी विकास विभागको तालिम केन्द्र बानेश्वरमा मतगणना हुनेछ।

त्यस्तै क्षेत्र नं ९ र १० अन्तराष्ट्रिय सम्मेलन केन्द्र बानेश्वर, क्षेत्र नं ८ को वन परिसर बबरहल र क्षेत्र नं ६ को जिल्ला समन्वय समिति बबरमहलमा मतगणना हुने भएको छ।