ट्रम्पको निर्णयप्रति अरेवियन राष्ट्रहरुको गम्भिर आपत्ति

ट्रम्पको निर्णयप्रति अरेवियन राष्ट्रहरुको गम्भिर आपत्ति

काठमाडौ । इजरायलमा रहेको अमेरिकी दुतावास जेरुसेलममा सार्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयप्रति अरेवियन राष्ट्रहरुले आपत्ति जनाएका छन्।

इजरायलमा रहेको अमेरिकी दूताबास तेल अभिवबाट जेरुसेलम सार्ने तथा जेरुसेलमलाई नै राजधानीको मान्यता दिने ट्रम्पको तयारी छ।

अरब देशका नेताहरुले जेरुसेलमलाई राजधानी बनाउँदा मुस्लिम समुदायमाथि आघात पुग्ने भन्दै त्यस्तो निर्णयले विश्वभरका मुसलमान भड्किन सक्ने चेतावनी दिएका छन्। साउदी अरबका राजा सलमानले ट्रम्पको यस्तो निर्णयले विश्वभरिका मुस्लिम समुदायमाथि आघात पुग्ने बताएका छन्।

प्यालेस्टाइनका नेता मोहम्मद अब्बासले ट्रम्पको निर्णयले शान्ति प्रकृया तथा विश्वको सुरक्षा र स्थायित्वमा खतरा पुग्ने चेतावनी दिएको बीबीसीले उल्लेख गरेको छ।

इजरायल र प्यालेस्टाइनबिच जेरुसेलमको विषयलाई लिएर चरम विवादमा छ ।

– एजेन्सी ।