अत्यावश्यक र पास लिएकाले वाहेक सवारी चलाउन रोक

अत्यावश्यक र पास लिएकाले वाहेक सवारी चलाउन रोक

काठमाडौ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन अन्र्तगत दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा आज राति देखि नै सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

आज राति १२ बजेदेखि भोलि चुनावका दिन बेलुकी ७ बजेसम्म कुनै पनि निजी तथा सार्वजनिक सवारीका साधन चलाउन पाइने छैन।

सुरक्षा निकायका सवारी साधन, निर्वाचन प्रयोजनका लागि सवारी पास लिएका, अत्यावश्यक सेवाका सवारी साधन मात्रै संचालन हुने गृह मन्त्रालयले जनाएको छ।

भोलि निर्वाचनका दिन सवारी साधन संचालनमा रोक लगाइएकाले उपत्यका बाहिर जाने सवारी साधनले आज राती १२ बजे अगाडी नै आ–आफ्नो गन्तव्यमा पुगिसक्न ट्राफिक प्रहरी महाशाखाले अनुरोध गरेको छ ।