ग्याँस तथा बिजुली दुवैबाट चल्ने हिटर वितरण

ग्याँस तथा बिजुली दुवैबाट चल्ने हिटर वितरण

काठमाडौ । महालक्ष्मी बिकास बैंक लि. भक्तपुर शाखाले भक्तपुर नगरपालिका भेलुखेलस्थित सिद्धि स्मृति प्रतिष्ठान अन्तर्गतको सिद्धि शालिकग्राम जेष्ठ नागरिक आश्रमलाई करिब रु. ३८,०००।– बराबरको ग्याँस तथा बिजुली दुवैबाट चल्ने हिटर एक कार्यक्रम गरी वितरण गरेको छ ।

सिद्धि शालिकग्राम जेष्ठ नागरिक आश्रममा आयोजित कार्यक्रममा भक्तपुर शाखाका शाखा प्रबन्धक आशकुमार जरेजुले सिद्धि स्मृति प्रतिष्ठानको संस्थापक अध्यक्ष श्याम सुन्दर धौभडेललाई हिटर हस्तान्तरण गरको हो ।

जाडोको मौसममा आश्रमा रहेको बृद्धबृद्धाहरुलाई स्वास्थ्य सम्बन्धि विभिन्न जटिल समस्याहरु आउने हुँदा बैंकद्वारा प्रदान गरिएको हो । बृद्ध- बृद्धाहरुलाई हिटर अति उपयोगी हुने भन्दै सस्ंथापक अध्यक्ष धौभडेल लगाएत उपस्थित जेष्ठ नागरिकहरुले बैंकको प्रशंसा गर्दै खुशी ब्यक्त गरेका थिए।

यस्तैगरी बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रमहरुलाई अझ प्रभावकारी गर्दै लैजाने प्रतिबद्दता समेत जनाएको छ।