सर्बसाधारणलाई गृहमन्त्रालयको अपिल

सर्बसाधारणलाई गृहमन्त्रालयको अपिल

काठमाडौ । चुनावलाई असफल बनाउने उद्धेश्यले देशका विभिन्न ठाउँमा बम विस्फोटका घटना नरोकिएपछि सरकारले सर्वसाधारणलाई सतर्क रहन अपील गरेको छ।

गृह मन्त्रालयले सार्वजनिक सूचना निकालेर विस्फोटको घटना बढेकाले सर्तक रहन सर्बसाधारणलाई आग्रह गरेको हो ।

गृहमन्त्रालयले आफ्नो गाउँ घर, छर छिमेक वरपर कोही नचिनेको व्यक्ति वा शंकास्पद गतिविधि र शंकास्पद वस्तु वा सामान देखे तत्काल प्रहरीमा खबर गर्न आग्रह गरेको छ ।