अत्यावश्यक औषधी र एम्बुलेस एलर्टमा रहन निर्देशन

अत्यावश्यक औषधी र एम्बुलेस एलर्टमा रहन निर्देशन

काठमाडौ । सरकारले २१ गते बिहीबार हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनको समयमा उपचार सेवाका लागि आवश्यक सबै स्रोत साधनलाई तयारी अवस्थामा राख्न स्वास्थ्य निकायलाई आग्रह गरेको छ ।

स्वास्थ्य मन्त्रालयले चुनावको बेलामा सम्भावित बिरामी र घाइतेको उपचारका तत्कालै गर्न सक्ने गरी देशभरका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा बस्न निर्देशन दिएको हो ।

‘चुनावको बेलामा हुन सक्ने घटना, दुर्घटनालाई मध्ये नजर राख्दै देशभरका स्वास्थ्य संस्थामा अतिआवश्यक औषधी र एम्बुलेसलाई एलर्ट रहन निर्देशन दिएका छौं’ स्वास्थ्य सेवा विभागका उपमहानिर्देशक चुडामणि भण्डारीले भने ।

स्वास्थ्य क्षेत्रमा कार्यरत प्रशासनका कर्मचारीहरु निवार्चनमा खटिए पनि प्राविधिक कर्मचारीहरुलाई निर्वाचनमा नखटाई स्वास्थ्य संस्थामा नै तयारी अवस्थामा राखिएको उपमहानिर्देशक भण्डारीले बताए ।

भण्डारीका अनुसार चुनावको बेलामा हुन सक्ने घटनालाई मध्ये नजर राख्दै कुनै पनि स्वास्थ्यकर्मीलाई अत्यावश्यक बाहेक बिदा पनि दिएको छैन।