नवदुर्गा जात्रा आज सम्पन्न

नवदुर्गा जात्रा आज सम्पन्न

अजय देशार ललितपुर । ललितपुरको ठेचोमा लाग्ने नवदुर्गा जात्रा आज सम्पन्न भएको छ । यो जात्रा हरेक वर्ष योमरी पुन्हीदेखि जात्रा शुरु हुने गर्दछ।

ललितपुरको ठेचोमा यसरी मनाइने ३ दिने जात्रामा नवदुर्गाको मूर्तिलाई वाहिर ल्याई ठेचोमा भएको गाउँ वस्तीभरि नचाउँदै परिक्रमा गराई मन्दिरमा राखिन्छ।

यो जात्रा हेर्नको लागि चापागाउँ, सुनाकोठी, धापाखेल, झरवारासी, छम्पी, प्यङ्गगाउँ र लेलेबाट मानिसहरुको ओइरो लाग्ने गर्छ । आज जात्राको अन्तिम दिन ठेचोवासीले आफ्ना आफन्त लगाएत परपाहुनाहरुलाई वोलाएर भोज खुवाई नाचगान गरि मनाउने गर्दछन् ।