नायिकाको विवाह राजकुमारसँग पक्का–पक्की

नायिकाको विवाह राजकुमारसँग पक्का–पक्की

लण्डन । बेलायतका राजकुमार ह्यारीले विवाह गर्ने पक्का–पक्की भएका छन् । ह्यारीले आफ्नी अमेरिकन प्रेमिका मेघान मार्कलसँग अर्को वर्ष विहे गर्न लागेका हुन्।

बेलायती राजदरवारले एक विज्ञप्ती जारी गर्दै राजकुमार ह्यारी र अमेरिकी अभिनेत्री मार्कल विवाह बन्धनमा बाँधिन लागेको जनाएको छ । उनीहरु एक वर्षदेखि प्रेममा थिए।

ह्यारीको इन्गेजमेन्टमा बेलायतकी महारानी एलिजावेथ लगायत नजिकका नातेदारको उपस्थिति थियो । ह्यारीका दाजु विलियम र भाउजु केटले ह्यारी र मेघानको जोडीलाई देखेर खुशी लागेको बताएका छन् ।  विहेको खबर सुनाउन पाउँदा उत्साही भएको समेत उनीहरुले बताएका छन् । उनीहरुको बिवाह सम्भवत मार्चमा हुनेछ।

मेघान ह्यारी भन्दा तीन वर्ष जेठी छन्। ह्यारी ३३ वर्ष पुगे भने मेघाट ३६ वर्ष पुगिन् । मेघानको यो दोस्रो बिहे हो । १९८१ मा लसएन्जलसमा जन्मिएकी उनी टोरेन्टोमा बस्दै आएकी छन्।

उनको पहिलो बिहे ७ वर्षको प्रेम पछि फिल्म निर्माता ट्रेभर एङगल्सनसँग भएको थियो । तर बिहेको दुई वर्षमा नै उनीहरुबीच सम्वन्ध विच्छेद भयो । मेघानले ट्रेभरसँग सन् २०११ मा बिहे गरेर २०१३ मा सम्वन्ध विच्छेद गरेकी थिइन् ।