“के यो माया हो’’ मार्फत मगमगाउदै मिनाक्षीको आगमन

“के यो माया हो’’ मार्फत मगमगाउदै मिनाक्षीको आगमन

काठमाडौ । भर्खरै मात्र क्लासिकल गायिका अथवा नायिका मिनाक्षी महताराको जादुमयी स्वर रहेको “के यो माया हो’’ म्यूजिक भिडियो हाइलाइट्स नेपाल युट्यूव च्यानेल मार्फत सर्बत्र सार्वजनिक भएको छ ।

शुरताल झै शारीरिक सुन्दर बनावटले हलक्क हल्केकी गायिका महतारा विगतदेखि नै मुम्बईमा बसेर क्लासिकल गीत संगीतमा प्रशिक्षण लिई अभिनयमा समेत राम्रै दख्खल वनाउँन एक सफल गायिका हुन्। महतारा लगनशील र भविष्यका लोभलाग्दी र उदीयमान ताराको रुपमा उदाइरहेकी छिन्।

यसैले कारणले पनि गायिका महताराको वजारमा निकै तातो वहस र चर्चा परिचर्चा चल्न थालिसकेको छ। उनको यो “के यो माया हो’’ नेपाली रोमान्टिक म्यूजिक भिडियो नेपाली सांगीतिक आकासमा पहिलो परिक्षणकालीन सांगीतिक प्रक्षेपण हो।

के यो माया हो ? या होइन ? भनेर स्पष्टसँग परिभाषित गराउन खोजिएको छ यस भिडियोमा । गायिका तथा नायिका महताराको यहि पहिलो परिक्षणकालिन परिक्षणले तहल्का नमच्चाउला भन्न सकिन्न । यो नै उनको जीवनको भनौ या संगीतिक फाँटको पहिलो प्रयोग अथवा खुड्किलो हो।

सरोज पोखरेलको शब्द र संगीत रहेको “के यो माया हो’’ म्यूजिक भिडियोको नायिका स्वयं गायिका मिनाक्षी महतारा र भास्करले सम्पूर्ण दर्शक तथा स्रोताहरुलाई मनमै खुल्दुली मच्चाउने हिसाबले अति प्रशंसनीय अभिनयको पहिलो स्वाद चखाएका छन् ।

“के यो माया हो’’ म्यूजिक भिडियोलाई चलचित्र फाटेको जुत्ताका चर्चित निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन् । त्यस्तैगरी ज्ञानेद्र शर्माको सिनेमाटोग्राफी र विकास धमलाको सम्पादन रहेको छ भने अरेन्जमेन्ट आमोस तामाङले गरेका छन् ।

गायिका तथा नायिका महताराको स्थायी घर सुर्खेत हो । उनी संगीत प्रशिक्षणकै निम्ति विगत ४ बर्षदेखि मुम्बईमा रहदै आएकी छिन् । उनैको आवाजमा अन्य म्यूजिक भिडियोहरु निर्माण तथा रेकर्डिङ्ग कार्यहरु धमाधम शुरु भैसकेका छन् ।