पाँंच दिने नेपाल चेम्वर एक्स्पो सम्पन्न

पाँंच दिने नेपाल चेम्वर एक्स्पो सम्पन्न

काठमाडौ । काठमाडौमा चलिरहेको पाँंच दिने नेपाल चेम्वर एक्स्पो २०७४ आज सम्पन्न भएको छ । एक्स्पोको ५० हजार भन्दा वढीले अवलोकन भ्रमण गरेको आयोजकले जनाएको छ ।

एक्स्पोमा पाँंच करोड भन्दा वढीको कारोबार भएको छ । एक्स्पो संयोजक राष्ट्रभूषण चाकुबजीले एक्स्पो स्टलमा रहेका विभिन्न कम्पनीका गाडीहरुको वढी अर्डर भएको जानकारी दिए।

चेम्वरले गरेको यो तेश्रो एक्स्पोमा निर्माण सामाग्रीका रुपमा रहेका भूकम्प प्रतिरोधात्मक प्यानलहरुको अर्डर वढी देखिएको संयोजक चाकुबजीले बताए।

एक्स्पोमा अटोमोवाइल, इलेक्टिकल एण्ड इलेक्ट्रोनिक्स, फलोरिंग एण्ड फर्निसिंग, होम अप्लाइन्स, फेशन वेयर, मोवाइल लगायतका दुई सय २५ वटा स्टलहरु राखिएका थिए।