पैसा बाँडेर भोट किन्नेसँग सचेत रहन ओलीको आग्रह

पैसा बाँडेर भोट किन्नेसँग सचेत रहन ओलीको आग्रह

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोट किन्नेसँग सचेत रहन आग्रह गरेको छ । काठमाण्डौं क्षेत्र नम्बर ४ को कपनमा आज चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पैसा बाँडेर भोट किन्ने प्रयास भईरहेको भन्दै सचेत रहन मतदातालाई आग्रह गरेको हो।

कसैले जवर्जस्ति गरि पैसा दिए लिने तर भोट चाही विवेक पुर्याएर मात्रै हाल्न भनेको छ । काठमाडौं ४ मा वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा एमालेका राजन भट्टराई र प्रदेशतर्फ पनि दुबै उम्मेदवार एमालेबाटै छन् ।

एमाले अध्यक्ष ओलीले माओवादी केन्द्र र एमाले चुनावपछि एकतामा जाने भन्दै कुनै भ्रममा नपर्न आग्रह समेत गरे ।