मतदान सकिए लगत्तै पहिलो चरणको मतगणना गर्न निर्देशन

मतदान सकिए लगत्तै पहिलो चरणको मतगणना गर्न निर्देशन

काठमाडौ । पहिलो चरणको निर्वाचनको मतगणना मंसिर २१ गते बेलुकी ५ बजेदेखि शुरु हुने भएको छ ।

५ बजेसम्म मतदान गर्ने समय भएकाले दोस्रो चरणको मतदान सकिए लगत्तै पहिलो चरणको मतगणना शुरु गर्न निर्देशन दिएको निर्वाचन आयोगले जनाएको छ।

दोस्रो चरणको निर्वाचनमा प्रभाव नपरोस् भन्नका लागि मंसिर १० गते भएको चुनावको पनि मतगणना गरिएको छैन ।

दोस्रो चरणको चुनावको भने मतपेटिका सम्बन्धित जिल्ला सदरमुकाममा संकलन गरेपछि मात्र गणना शुरु हुने आयोगले जनाएको छ ।